ग्राहक बनेर मन्त्री बजार अनुगमनमा निस्किएपछि …

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्केका हुन् । लकडाउन खुलेसँगै बढेको प्याजको मूल्यमा भएको वृद्धिबारे सत्य तथ्य बुझ्न मन्त्री अनुगमनमा निस्केका हुन् ।

बुधबार बिहानै मन्त्री भट्ट राजधानीका विभिन्न होलसेल, खुद्रा पसल तथा तरकारी बजारको अनुगमनमा निस्केका थिए।



मन्त्रालयको टोलीसहित अनुगमनमा निस्केका मन्त्री भट्टले पछिल्लो समय बजारमा विभिन्न सामग्रीको मूल्यवृद्धि भइरहेकोप्रति मन्त्रालय गम्भीर बनेको र यसको नियन्त्रण गरिने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार