
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको अध्यक्षमा रमेशकुमार खत्री चयन भएका छन् । क्षेत्रीय समिति टोकियोको सम्पन्न भेलाले आगामी २ वर्षे कार्यकालको लागि अध्यक्षमा खत्री सहित २६ जनाको कार्यसति चयन गरेको हो । जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशनमार्फत् नयाँ कार्यसमित चयन गरिएको गल्ऽकोट समाज जापानका संरक्षक बेलुकाजी थापाले जानकारी दिए ।
कार्य समितिको उपाध्यक्षमा राजु बस्नेत, दुर्गा खत्री, हिमाल कंडेल्ऽ र दुर्गा थापा, सचिवमा दिनेश थापा, लेखा समिति संयोजकमा कृष्ण गौतम, उप–संयोजकमा सन्तोष पुन र दिपक सुवेदी चयन भएका छन् भने समितिको कोषाध्यक्षमा ईश्वर बस्नेत, सह–सचिवमा रविन केसी, बसन खत्री, सह–कोषाध्यक्षमा प्रकाश न्यूरे र प्रकास केसी रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरूमा दण्ड केसी, राजन कंडेल, दिपक सुवेदी, डम्मर खत्री, थम क्षत्री, धनबहादुर खत्री, मिलन गैरे, महेश तुलाचन, गगन खत्री, रामु खत्री, प्रकाश कार्की र तेजेन्द्रसिंह बस्नेत रहेका छन् ।
गलकोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्रीको प्रमुख आतिथ्यता सञ्चालन भएको कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरू, सक्रिय सदस्यहरूलगायतलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा समाजका केन्द्रीय संस्थापक अध्यक्ष कृष्ण गौचनको विशिष्ट आतिथ्यता रहेको थियो ।
गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापान बस्दै आएका नेपालीहरूको हक, हित र अधिकार अनि सामाजिक एकताको निमित्त समाज स्थापना गरिएको हो । समाजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ ।
