नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट भर्खरै बिदा भएका कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना अझै रहेको जनाएको छ ।
मन्त्री पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बिहीबार फेसबुकमार्फत घिसिङलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति दिन पेस गरिएको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा विचाराधिन नै रहेको र यो पूरा हुने आशा रहेको बताएका हुन् ।
ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बिहीबार बिहान लेखेको स्टाटस :
https://www.facebook.com/durgaprasad.chapagainsachin/posts/3091910740913973
