राष्ट्रपतिद्वारा बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित, शपथ आज चार बजे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोनित गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । गत फागुनमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको एक सिट रिक्त थियो ।



सत्तारुढ दल नेकपाले रिक्त सिटमा उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको निर्णय अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस गरिएको जानकारी दिए । त्यसको जानकारी संघीय संसद सचिवालयलाई दिइसकिएको उनको भनाइ थियो । संघीय संसद सचिवालयले आजै चार बजे गौतमलाई चार बजे शपथ गराउने तयारी गरेको छ ।

सम्बन्धित समाचार