आइसियुमा उपचार गरिरहेका कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था कस्तो छ ?

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भैरहेको छ । आफ्नो स्वास्थ्य अवस्थाको बारेमा विभिन्न खालका टिका टिप्पणी भएपछि कोइरालाले एक भिडियोसन्देश जारी गर्दै आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।

आज भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताए ।



‘मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन् ।  कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनी मङ्गलबार अस्पताल भर्ना भएका थिए ।

होम आइसोलेसनमा रहनु भएका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उनको भिडियो सन्देश जारी गरेको हो ।

सम्बन्धित समाचार