आज बस्ने भनिएको नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍यो

आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक दुई दिनपछि सरेको छ। आज बस्ने तय भएको बैठक असोज ४ गते आइतबार बस्ने गरी सारिएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए। ‘आज बस्ने भनिएको बैठक आइतबार बिहान ११ बजे पेरिसडाँडामै बस्नेगरी सारिएको छ,’ उनले भने।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए।



पेरिसडाँडास्थित कार्यालयमा पार्टीको सचिवालय बैठक बस्न लागेपछि तयारी तिब्र पारिएको छ। पेरिसडाँडाको सबैभन्दा माथिल्लो तलामा बैठक राख्ने तयारी गरिएको छ। तत्कालीन नेकपा–एमाले र माओवादीबीच पार्टी एकीकरण हुनुअघि पुर्व माओवादी केन्द्रका केन्द्रीय तहका बैठक सोही हलमा हुने गरेको थियो।

सचिवालयले मन्त्रिमण्डल पुर्नगठनको निर्णय गर्ने र नयाँ मन्त्री छान्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार