नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।
काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा थप ६९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थपिएका ८५९ जना कोरोना संक्रमित मध्ये ६९८ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेका छन् । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४५८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनासहित देशभर ६३९ महिला र १ हजार ३८१ जना पुरुष संक्रमित थप्एिका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।