बेलायतमा फेरि लकडाउनको तयारी

कोरोनाभाइरस महामारी फैलन नदिन बेलायतमा फेरि कडा लकडाउनको तयारी भएको छ । हरेक हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बरले वृद्धि भएपछि सरकारी अधिकारीले कडा लकडाउनको सम्भावना बढेको बताएको बीबीसीले जनाएको छ ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भने, ‘हामीले राष्ट्रियरूपमा बन्दाबन्दी (लकडाउन) गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ ।’



शुक्रवारदेखि उत्तरपूर्वी इङ्गल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी उनले दिएका छन् । बेलायतमा कोरोनाले युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ र कोभिड–१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।

सम्बन्धित समाचार