नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएपछि शनिबार (आज) घर फर्किएका छन् । चाबहिलस्थित ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालालाई अस्पतालले आज डिस्चार्ज गरको हो ।
मंगलबार राति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । अबको केही दिन उनी होम आइसोलेसनमा बस्ने छन् ।
‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसँगै आजै अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेशसनमै रहने छु ।’
महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
