यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमा महाशाखाले आज पनि मनसुनको न्यून चापीय रेखाको प्रभावले मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ । अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ ।

आज दिउँसो मुलुकभर आंशिक बदली भई देशभर हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले सोमबार मंगलबार भने मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

सम्बन्धित समाचार