अनसनरत डा गोविन्द केसीलाई जबर्जस्ती अस्पताल लगियो

चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ । हिजो राति पौने एघार बजे प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए ।

१९ औं सत्याग्रहमा बसेका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै डाक्टरहरुले चिन्ता ब्यक्त गरेपछि अस्पताल लगिएको प्रहरीले स्पष्टिकरण दिएको छ । नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनी अस्पताल जान मानेका थिएनन् ।



अस्पताल जान नमानेका डा केसीलाई राति नै लछारपछार पारेर प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगीहरुले बताएका छन् । उनले प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन् ।

सम्बन्धित समाचार