अर्का एकजना कोरोना संक्रमित पुरूषको मृत्यु

बाँकेका एक कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैनाका ५९ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भदौ २० गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका संक्रमित पुरूषको दुवै फोक्सोमा निमोनिया भएर मृत्यु भएको उनले जानकारी दिए ।



योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४०२ पुगेको छ ।

सम्बन्धित समाचार