समीरले ल्याए ‘गरिबीको झोला’ (भिडियो सहित)

गायिका शान्तिश्री परियार र प्रकाश समीरको आवाजमा रहेको ‘गरिबीको झोला’ बोलको दशैं गीत सार्वजनिक भएको छ । प्रकाश समीरको अफिसियल युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको उक्त गीतको भिडियोमा प्रकाश समीर र रञ्जिता गुरूङले अभिनय गरेका छन् ।

नेपालीहरू महान चाड दशैं र कोरोना कहरलाई समेटेर बनाइएको उक्त गीतमा शब्द श्रृङ्गार समीरले नै भरेका छन् । गीतमा एलोन घिमिरेको लय रहेको छ ।



विनोद बाजुरालीले एरेन्ज गरेको गीतको छायाङ्कन करन चैसिरले र भिडियोको निर्देशन प्रकाश समीरले गरेका हुन् । धेरै गीतहरूमा मोडलिङ र स्वर दिइसकेका समीरले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो ।

भिडियाे

https://www.youtube.com/watch?v=TunDmPzcZIU&feature=youtu.be&fbclid=IwAR0fqe_lM-zUcvRnXZer6VskcG-FPxjYBCrHDxC0Wu3DNs_LDRlV1bBHehg

सम्बन्धित समाचार