नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।

काठमाडौंमा झारफुक गर्ने क्रममा एक बालिकालाई धामीले तातो पन्यूँले डामेका छन् । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा १२ वर्षीया बालिका प्रमिला शाहीलाई स्थानीय धामीले तातो पन्यूँले डामेर गम्भीर घाइते बनाएका हुन् । असोज १ गते झारफुक गर्ने क्रममा बालिकालाई धामीले पन्यूँले डामेको प्रहरीले जनाएको छ ।
तातो पन्यूँले घाँटीमा डामिएकी ती बालिकाको अहिले कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । बालिकालाई तातो पन्यूँले डाम्ने २६ वर्षीय धामी किशोर शाहीलाई आइतबार पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए।
