नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असाेज ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गतेका लगि आह्वान गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बैठकमा आगामी १४औं महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा सहभागी हुनु अगाडि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले पीसीआर परीक्षण अनिवार्य गरिएको पार्टी मुख्य सचिव पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मुख्य सचिव पौडेलका अनुसार असोज १५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई अनिवार्य पीसीआर परीक्षण गराउन सबैलाई अनुरोध गरिएको छ ।