नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असाेज ।

लमजुङको बेसीशहरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । सोमबार साँझ चट्याङ लागेर बेसीशहर नगरपालिका-६ पुमागाउँका ४२ वर्षीय सन्ते विक घाइते भएका थिए ।
घाइते भएका विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
यसैगरी चट्याङ लागेर सोही वडामा बस्ने २२ वर्षीया चिजा गुरुङ घाइते भएकी छन् । उनको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
