डा. केसी काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालबाटै सत्याग्रह जारी राख्ने

डा. गोविन्द केसीले १९ औं पटक जुम्लामा सत्याग्रह सुरु गरेको थिए । उनले सत्याग्रह सुरु गरेको नौ दिन भैसक्यो । स्वास्थ्य अवस्था विग्रदै गएपछि उनलाई हिंजो नेपालगञ्ज ल्याइएको थियो ।

नेपालगञ्जको अस्पतालमा एक रात उपचार गराइएका डा. केसीलाई बुधबार काठमाडौँ ल्याउन लागिएको हो । उनी बुद्ध एयरको विमान मार्फत काठमाडौँ आउँदै छन् । अनशनका कारण डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । उनलाई विमानस्थलबाट सिधै त्रिवि शिक्षण अस्पताल लगिने छ ।



डा. केसीले त्रिवि अस्पतालबाटै सत्याग्रह जारी राख्ने जनाइएको छ।

सम्बन्धित समाचार