अमेरिकालाई चिढाउन चीनले जारी गर्यो अमेरिकी सैन्य अड्डामा आक्रमणको नक्कली भिडियो

चीन र अमेरिकाबीच सम्बन्ध राम्रो छैन । विभिन्न बहानामा यिनीहरु एक अर्कोलाई चिढाइरहन्छन् र एकअर्काकप्रति विभिन्न दोषारोपण गर्दछन् । हालै आएर अमेरिकालाई चिढाउने काम चीनले गरेको छ । यसको लागि चीनको वायुसेनाले प्रशान्त महासागरमा गुआम द्विपमा आक्रमणको नक्कली भिडियो जारी गरेको छ । यसमा चिनियाँ सेनाले आफ्नो एच–६ परमाणु बमवर्षक विमानको प्रयोग गरेको छ । यो भिडियोमा बमवर्षक विमानले बम खसाइरहेको देखिएको छ । पिपुल्स लिबरेशन आर्मीको भिभो अकाउण्टमा शनिबार यो भिडियो राखिएको थियो । अमेरिकाका एक शीर्ष अधिकारीको ताइवान यात्रालगत्तै यो भिडियो सार्वजनिक गरिएको हो ।

गुआम अमेरिकाको ठूलो सैन्य अड्डा हो जहाँ एयरबेस पनि छ । हिन्द प्रशान्त क्षेत्रमा कुनै संघर्षको अवस्थामा यो अमेरिकी सैन्य अड्डा अहम साबित हुन सक्छ । चिनियाँ वायुसेनाको २ मिनेट १५ सेकेण्डको यो भिडियो कुनै हलिउड फिल्मको ट्रेलरजस्तो देखिन्छ । चीनको विमान कुनै मरुभूमिबाट उड्छ । पाइलटले आकाशमा एउटा टन दबाउँछन् र एउटा मिसाइल समुद्र किनारको एक रनवेमा खस्छ । मिसाइल रनवेमा ठोक्किनासाथ एक उपग्रह चित्र देखिन्छ । यो स्थान गुआकस्थित सैन्य अड्डाजस्तै देखिन्छ ।



सम्बन्धित समाचार