टिचिङ जाने भनिएका डा. केसीलाई प्रहरीले ट्रमा सेन्टर लग्यो

चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आइपुगेका छन् । डा. केसी जुम्लाबाट नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् । डा. केसीले १९ औं पटक जुम्लामा सत्याग्रह सुरु गरेको थिए । उनले सत्याग्रह सुरु गरेको नौ दिन भैसकेको छ । स्वास्थ्य अवस्था विग्रदै गएपछि उनलाई हिंजो नेपालगञ्ज ल्याइएको थियो ।

आज डा. केसीलाई उनका सहयोगीहरुले त्रिभुवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा लग्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा. केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको छ ।



डा. केसीलाई विमानस्थलबाटै जवरजस्ती रुपमा ट्रमा सेन्टरमा लगिएको डा. केसीका सहयोगी हिमालयन कार्कीले बताए । ‘डाक्टर केसीलाई हामीले टिचिङ लैजान लागेका थियौँ, विमानस्थलबाट प्रहरी उहाँलाई जवरजस्ती ट्रमा सेन्टरमा लिएर गयो’, कार्कीले भने । विभिन्न माग राख्दै डा. केसी निरन्तर रुपमा सत्याग्रहमा बस्दै आएका छन् । विभिन्न सम्झौताहरु भएर उनले अनसन तोड्ने गरेका छन् तर व्यवहारमा भने उनले मागेको मागहरु पूरा भएको पाइदैन ।

सम्बन्धित समाचार