नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका एक हजार ३५६ जनामध्ये काठमाडौं उपत्यकाका ६४७ जना हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज ८२३ जना निको भएका छन् । हालसम्म ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पिसिआर परीक्षण भएको छ ।
