सरकार कानुनअनुसार चल्नुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार कानुन र संविधानअनुसार चल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा बुधबार ट्विट गर्दै थापाले सो कुरा उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘चुनावी घोषणापत्र अनुसार काम गर्न सरकारलाई पार्टीले नीतिगत मार्ग दर्शन गर्नुपर्छ । सरकार संविधानरकानुन अनुसार चल्नुपर्छ ।’



यसका साथै थापाले सरकारी स्थानमा पार्टीको हस्तक्षेप गर्ने काम कम्युनिष्ट पार्टीमा मात्र हुने उल्लेख गरेका छन् । ‘सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने र सरकारी र संवैधानिक नियुक्तिमा निर्देशन दिने काम सर्वसत्तावादी र कम्युनिष्ट व्यवस्थामा मात्र हुन्छ । प्रजातन्त्रमा हुँदैन ।’ थापाले भनेका छन् ।

सम्बन्धित समाचार