नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।

कोरोना भाइरस संक्रमणका कारण ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ ।
मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । विगत १ महिना देखि उनको अस्पतालमा उपचार भइरहेको थियो । भदौ ६ गते उपचारका लागि भर्ना भएका उनको असोज ६ गते मृत्यु भएको हो ।
त्यस्तै अल्का अस्पतालमा मंगलबार विहान एक पुरुषको मृत्यु भएको छ । ललितपुरका ७४ वर्षका पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ । उनको मंगलवार बिहान मृत्यु भएको हो ।
