काठमाडौंमा चोरको नयाँ तरिका, चोरीपछि सीसीक्यामेराको हार्डडिस्क नै लिएर फरार

राजधानीमा चोरीको विगविगी बढिरहेको छ । चारेले चोरी गर्ने नयाँ नयाँ उपायहरु निकाल्ने गरेका छन् । हालै राजधानीका बबरमहल र बसुन्धरामा चोरी भएको छ । काठमाडौं प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिंउचुली वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।

बुधबार भएका यी दुई ठाउँमा करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । क्याफेबाट १ थान ल्यापटप र २ थान विभिन्न ब्रान्डका मदिरा तथा हिउँचुली सहकारी संस्थाबाट नगद १२ लाख ५० हजार रुपैयाँ, एउटा ल्यापटप र एउटा सिसी क्यामराको हार्डडिस्क समेत चोरी भएको हो । क्यामराले खिचेका दृष्य र सूचना रहने हार्डडिस्क नै उनीहरुले लगेका छन् ।



यसैगरी काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित इको सिस्टम एण्ड एडोप्टेसन आयोजनाको कार्यालयबाट २ वटा ल्यापटप चोरी भएका छन् । यी दुवै ठाउँका चोरीमा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार