बितेको २४ घण्टामा कोरोना संक्रमणबाट कतिको मृत्यु भयो ?

बितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ ।

यसअघि बुधबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित थपिएका थिए । १ हजार ८९३ जनाले कोरोना जितेका थिए ।



बुधबारसम्म नेपालमा संक्रमित संख्या ६७ हजार ८०४ पुगेको थियो भने मृतकको संख्या ४३६ पुगेको थियो ।

सम्बन्धित समाचार