नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १,४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । आज ४५७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश–१ को उदयपुरमा २, ओखलढुंगामा १२, झापामा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र सुनसरीमा १३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश–२ को धुनषामा १०, पर्सामा २३, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा १ र सिरहामा २३ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १२, चितवनमा १३७, दोलखामा ३, धादिङमा ४, नुवाकोटमा ८, भक्तपुरमा ५१, मकवानपुरमा २१, रामेछापमा १, ललितपुरमा ९५ र सिन्धुलीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा ९, तनहुँमा १७, नवलपरासी पूर्वमा १४, पर्वतमा ६, लमजुङमा २, बाग्लुङमा १२ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश–५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ९, नलवपरासीमा १४, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा २४, बाँकेमा ५३ र रुपन्देहीमा ८६ जनामा कोरोना पाइएको छ ।
कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा ४, सुर्खेतमा ३, सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ४, कैलालीमा ४५, डडेल्धुरामा १, डोटीमा ४, दार्चुलामा १ र बैतडीमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
