एसिड आक्रमण गर्नेहरुलाई २० वर्ष कैद !

सरकारले एसिड आक्रमण गर्नेहरुलाई कडा सजायको व्यवस्था गर्ने भएको छ । एसिड आक्रमण गर्नेहरुलाई २० वर्षसम्म कैद हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ । नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ । आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजाय तोकिएको छ ।



एसिड आक्रमणमा शरीरको कुनै पनि भाग एसिडले छोएमा न्यूनतम दश वर्षको सजाय तोकिएको छ भने एसिड आक्रमण गर्नेहरुलाई धरौटीमा रिहा या आममाफी लागू नहुने गरी अध्यादेशमा उल्लेख गर्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार