नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।

शुक्रबार देशभर एक हजार ३१३ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ३१३ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७० हजार ६१४ पुगेको छ ।
हालसम्म ५१ हजार ८६६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १४५५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । गत २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै ६ हजार ४६४ जना क्वारेन्टिनमा रहेका छन् ।
