नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
भारतीय प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको आज निधन भएको छ । उनको उमेर ७४ वर्ष थियो । उनको निधनले सारा बलिउड स्तब्ध भएको छ । उनले बलिउडको लागि निकै राम्रा राम्रा गीतहरु गाएका छन् ।
उनले गाएका गीतहरुले नै सलमान खानलाई नयाँ पहिचान दिएको थियोे । उनका जति पनि गीत सलमान खानमाथि फिल्माइएको थियो, ती सबै हिट भएका छन् । जस्तो, पहला पहला प्यार है, मेरे रंगमे रंगने वाली, धिकताना धिकताना, मेरे जीवन साथी, मुझ से जुदा होकर, आजा शाम होने आई, हम बने तुम बने, वाह वाह रामजी आदि ।
उनको स्वास्थ्य केही समयदेखि ठीक थिएन । उनलाई लाइफ सपोर्टमा राखिएको थियो । उनीमा ५ अगस्त कोरोना पोजिटिभ पाइएको थियो, त्यसपछि उनलाई चेन्नईको प्राइभेट अस्पतालमा भर्ती गरिएको थियो । १३ सेप्टेम्बरमा उनको कोरोना नेगेटिभ पाइएको थियो ।
१६ भाषामा ४० हजार गीत गाएका थिए
६० को दशकमा आफ्नो गायन क्यारियर शुरु गरेका बालासुब्रमण्यमले कैयौं गीतहरु गाएका थिए र शुभचिन्तकको मनमा आफ्नो पहिचान बनाएका थिए । साँच्चै भन्ने हो भने उनले कति गीत गाए भन्ने उनलाई नै थाहा थिएन तर उनले ४० हजारको आसपास गीत गाएको अनुमान गरिन्छ । उनको यो रेकर्डलाई गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ता गरिएको छ ।
यी अवार्डसबाट विभुषित भएका थिए बालासुब्रमण्यम
बालासुब्रमण्यमलाई प्लेब्याक गायनको लागि ६ चोटी नेशनल फिल्म अवार्डस मिलेको थियो । यो सबै अवार्ड उनलाई हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा गाउनको लागि मिलेको थियो । यसको अलावा उनलाई पद्मश्री, पद्म भूषण जस्ता अवार्डस्हरु पनि दिइएको थियो ।
१२ घण्टामा २१ गीत गाएर बनाएका थिए रेकर्ड
यति मात्र होइन, उनले १२ घण्टामा २१ वटा गीत गाएर पनि रेकर्ड बनाएका थिए । साउथ इण्डियाका संगीतकार उपेन्द्र कुमारको लागि उनले एक दिनमा होइन कि मात्र १२ घण्टामा २१ व्टा गीत गाएर रेकर्ड बनाएका थिए ।