नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो ।
आज देशभर थपिएका १३ सय १३ जनामध्ये काठमाडों उपत्यकाका ६४५ जना रहेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका कोरोनाका संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको बताएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ५५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।
यस्तै नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १८ हजार २ सय ८९ जना छन् भने ६ हजार ४६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताएका छन् ।
