घाँस काट्न जाँदा बाघको आक्रमणबाट मृत्यु

भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् ।



घाँस काट्न गएका उनलाई आज बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको हो । शवलाई बाघले नछोडेपछि बाघलाई बेहोस बनाउन प्राविधिक टोली जाने तयारी गरेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार