नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।

सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । सम्झना कामी र निर्मलाकाे हत्यारा पत्ता लगाइ कारबाही गर्न माग राख्दै निधारमा कालो पट्टी बाधेर प्रर्दशन गरेका हुन् ।
प्रर्दशनका क्रममा सम्झना र निर्मलालाइ न्याय दे, उठौं अब अति भो, महिलालाई क्षति भो, भन्दै नारा लगाएका छन् । हामी पछि हट्दैनौं बलत्कारीलाई छोड्दैनौं, बलत्कारीलाई फाँसी दे, खुकुलो कानुन चाहिदैन महिलालाई दुर्ववहार गर्न पाइदैन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
गत बुधबार बझाङको मष्टा गाउँपालिका वडा नम्बर–२ खिकालकी १२ बर्षिया बालिका सम्झना कामीको शव घरदेखि करिब २ किलोमिटर टाढा सिवमन्दिरमा फेला परेको थियो । प्रहरीकाअनुसार मृतक बालिकाको शरीरमा निलडाम भएको र शव नग्न अवस्थामा भेटिएको थियोे । बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले एक जना प्रक्राउ गरिसकेको छ ।



