नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पीसीआर परीक्षण गरेकी थिइन । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसेको डा शाहले बताइन । आफ्नो सम्पर्कमा रहेकाहरुलाई जानकारी गराएको बताउँदै उनले प्रधानमन्त्री ओलीसँग भने लामो समयदेखि भेटघाट नभएको बताएकी छन् ।
