आज थपिएका एक हजार २०७ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

हाल ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन् । हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा भने १० हजार ५०८ जना छन् ।



पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको भएका छन् । योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ७३.८ प्रतिशत हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

शनिबार प्रदेश–१ को उदयपुरमा १, झापामा ७, मोरङमा ७८, सुनसरीमा २३ र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश–२ को धुनषामा ४, पर्सामा २४, बारामा ४, महोत्तरीमा १, रौतहटमा ६, सप्तरीमा ११, सर्लाहीमा ४ र सिरहामा १ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५८३ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १७, चितवनमा १२, दोलखामा १, धादिङमा ७, नुवाकोटमा २, भक्तपुरमा ६३, मकवानपुरमा १७, रामेछापमा ७, ललितपुरमा ७८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा ३, तनहुँमा ४, नवलपरासी पूर्वमा १, लमजुङमा १, बाग्लुङमा १ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश–५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा ३, प्युठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रुपन्देहीमा ७३ र रोल्पामा ६ जनामा कोरोना पाइएको छ ।

कर्णाली प्रदेशको सल्यानमा १, सुदूरपश्चिमको अछाममा १३, कञ्चनपुरमा १, डोटीमा १५, दार्चुलामा ५, बझाङमा २ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार