नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषदको बैठक बालुवाटारमा शुरु भएको छ । मन्त्री हेरफेर बहस चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा वैठक शुरु भइसकेको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले आकस्मिक रुपमा बैठक बोलाएका कारण छलफलका एजेन्डाबारे केहि थाहा नभएको एक मन्त्रीले बताएका छन् । यसअघि मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गरेको थियो ।
मन्त्रिपरिषद बैठकअघि आजै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छुट्टै छलफल भएको थियो । छलफलमा मन्त्रिपरिषद फेरबदलका विषयमा कुरा भए पनि कुनै ठोस सहमति नभएको बताइएको छ ।
