ड्रग्स केसमा अनुसन्धान गर्ने एनसीबी अधिकारी श्रद्धा कपूरका पिता !

बलिउडमा ड्रग्स केस अहिले चर्चामा छ । यो केसमा चर्चित अभिनेत्रीहरु तानिएका छन् । अभिनेत्रीहरुसँग नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । यसरी तानिएकी एक अभिनेत्री श्रद्धा कपूरका पिता शक्ति कपूर भने सोही नारकोटिक्स ब्यूरोका एक अधिकारी बन्ने भएका छन् र उनले अभिनेत्रीहरुको ड्रग्स सेवन र बेचबिखनमा संलग्नताबारे अनुसन्धान गर्नेछन् । डिएनएको रिपोर्टअनुसार सुशान्तको जीवनकथामा बन्ने फिल्ममा एनसीबी अधिकारीको भूमिकाका लागि शक्ति कपूरलाई छानिएको छ ।

फिल्म ‘न्यायः द जस्टिस’ मा मुख्य भूमिका निभाइरहेका जुबेर खानका अनुसार अमन बर्माले इडी अधिकारीको भूमिका निभाउनेछन् । शक्ति पूरले एनसीबी अधिकारीको भूमिका निभाउनेछन् भने सुधा चन्द्रनले सीबीआइ अधिकारीको भूमिका निभाउनेछन् । जुबेरले सुशान्तबाट प्रभावित भूमिका गर्नेछन् जसलाई महेन्द्र सिंह नाम दिइएको छ । रिया चक्रवर्तीबाट प्रभावित भूमिकालाई उर्वशी नाम दिइएको छ र यो भूमिका श्रेया शुक्लाले निभाउनेछिन् ।



सम्बन्धित समाचार