चटपटेले लियो ज्यान

सुनसरी बराह क्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीय मिना राईको केही दिन अघि घरपरिवार नभएको समयमा राती हत्या भएको थियो । उक्त बालिकाको शव टाउकोमा चोट लागेको, घाँटीमा रुमाल र टिसर्ट बेरिएको अवस्था पाइएको थियो ।

त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले ८ जना युवालाई उनको हत्या गरेको आशङ्कामा पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालेको थियो । तिनै युवामध्ये १५ वर्षका एक युवालाई हत्या गरेको अभियोगमा शनिवार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले दिएको जानकारी अनुसार अभियुक्त युवक र बालिकाबिच चटपटेको निहुँमा भनाभन हुँदा उनको हत्या गरेको खुलेको छ ।



उक्त युवालाई पक्राउ गर्न “लैला” नामको कुकुरको समेत सहयोग लिइएको निरीक्षक राजवंशीले बताएका छन् । शुक्रवार राती मृतक बालीका राईकी आमा बिरामी भएपछि उनको सपरिवार धामी उपचार गराउन छिमेकीको घरमा गएका थिए ।

मृतक बालिका भने घरमा कुरेर बसी रहेकी थिइन् । त्यसै क्रममा बालिकाको घरमा अभियुक्त युवा चटपटे खानका लागि आएका थिए । तर एक्कासि चटपटेलाई लिएर दुई बीच निकै ठुलो घम्साघम्सी हुँदा हत्या गरेर गए ।

सम्बन्धित समाचार