काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा कोरोना पुष्टि भएको हो । आइतबार उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको थियो ।



नेपालमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ४ जनाको ज्यान गएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

सम्बन्धित समाचार