आज कुन जिल्लामा कति कोरोना संक्रमति थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, ओखलढुङगाका १, खोटाङका २, झापाका २, तेह्रथुमका २, पाँचथरका १, भोजपुरका २, मोरङका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यस्तै संखुवासभाका १, सुनसरीका २०, धनुषाका २२, पर्साका ७, बाराका ३, महोत्तरीका २५, रौतहटका १, सप्तरीका १०, सर्लाहीका ६, सिरहाका ५५ जना रहेका छन भने काठमाडौँका ६४९, काभ्रेका १०, चितवनका १७, दोलखाका १, धादिङका ११, नुवाकोटका ३, भक्तपुरका ३६, मकवानपुरका ४०, ललितपुरका १३२, सिन्धुपाल्चोकका ७, सिन्धुलीका ४, कास्कीका ४, गोरखाका ३ र तनहुँका १७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपरासीपूर्वका २०, पर्वतका ३, लमजुङका ७, बागलुङका १, स्याङ्जाका ३, अर्घाखाँचीका १, कपिलवस्तुका ५, गुल्मीका ५, दाङका २, नवलपरासीका ५, प्यूठानका १, बर्दियाका २, बाँकेका १६, रुपन्देहीका २०, कालिकोटका २, जाजरकोटका २, दैलेखका २, सल्यानका २, सुर्खेतका २९, अछामका १३, कैलालीका ५०, बझाङका १४ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोमबार ७४२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । हाल ६ हजार ३ सय १० जना क्वारेन्टिनमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय २५ जनाको आईसीयुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् । यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार