नवकान्तिपुर संवाददाता
काठमाडौं
बलिउड अभिनेता सुशान्त सिंहको भिसेरा रिपोर्टले उनको शरीरमा कुनै जैविक विष नपाइएको खुलासा गरेको छ । सुशांत केसमा एम्स प्यानलले सीबीआईलाई बुझाएको प्रतिवेदनले उनको भिसेरामा कुनै विष नभेटिएको स्पष्ट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एम्सका डाक्टरहरुले सुशान्तलाई कुनै विष नदिइएको र उनको शरीरमा कुनै पनि प्रकारको विष नमिलेको बताएका हुन् ।
एम्सको रिपोर्ट र सीबीआई अनुसन्धान मिल्दोजुल्दो रहेको भए पनि अहिलेसम्म कुपर अस्पतालका डाक्टरहरुलाई पूर्ण सफाइ नदिइएको बताइएको छ ।
अनुसन्धानमा कुपर अस्पतालको रिपोर्टलाई विस्तृत रूपमा हेर्न भनिएको छ। कूपर अस्पताल अझै संकाको घेरामा रहेको छ।
एम्सको रिपोर्टले कुपर अस्पतालले सुशान्त केसमा लापरवाही गरेको संकेत गरेको छ । सुशांतको पोस्टमार्टम कुपर अस्पतालका डाक्टरहरूले गरेका थिए । जसमा प्रश्न उठाइयो। रिपोर्टमा सुशान्तको घाँटीको निशानाबारे र मृत्युको समयबारे केही पनि बताइएको थिएन ।
सुशान्तको परिवारकातर्फबाट उनका परिवारका वकिलले मृत्यु हुनु अघि सुशांतलाई विष दिएको आशंका गरेका थिए । तर, एम्सको रिपोर्टबाट सुशांतलाई कुनै किसिमको विष नदिइएको स्पष्ट भएको छ । सुशान्तको परिवारले सुशांतका बुबाले रियाले छोरालाई लागुऔषध दिएको आरोप लगाएका थिए ।