कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८९१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनासहित देशभर १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ७३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । यो कुल संक्रमितको ७२.६ प्रतिशत हो ।



यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये होम आईसोलेसनमा १० हजार ७०७ जना र संस्थागत आईसोलेसनमा ९ हजार ६८९ जना छन् । ती मध्ये २१३ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ७७८ जना रहेका छन् ।

सम्बन्धित समाचार