नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असाेज ।

आज देखि शुक्रबारसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यी तीन दिन मध्यम वा भारी वर्षाको सम्भावना देखिएको छैन।
आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
बिहीबार भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।
शुक्रबार पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
मौसमविद्का अनुसार नेपालबाट अब केही दिनमा मनसुन बाहिरिने सम्भावना छ। मनसुन बाहिरिने मिति सामान्यतया यही सेप्टेम्बर २७ तारिख भए पनि मनसुन केही लम्बिएको हो।
