नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।
कोरोनाकालमा भारतका विभिन्न राज्यमा अलपत्र परेकाहरुलाई सहयोग गरेर चर्चामा आएका बलिवुड अभिनेता सोनु सुदलाई संयुक्त राष्ट्र संघको प्रतिष्ठित अवार्ड दिइएको छ ।
भारतमा मात्र नभएर विदेशमा अलपत्र परेकालाई समेत आफ्नो सहयोगको हात अगाडी बढाएका अभिनेता सुदलाई संयुक्त राष्ट्रसंघले दिने सस्टेनेबल डेभलपमेन्ट गोल्स हुमानीटेरीयन एक्सन अवार्डबाट सम्मानित गरिएको छ । सोनु सुदलाई मंगलबार आयोजित भर्चुअल कार्यक्रममा सो अवार्ड प्रदान गरिएको छ ।
सोनु सुदभन्दा अगाडी यो अवार्ड एन्जेलिना जोली, डेविड बेह्कम, लियोनार्दो डेकप्रियो, एमा वाटसन जस्ता सेलिब्रेटीलाई दिइएको थियो । अवार्ड पाएपछि सुदले खुशी व्यक्त गर्दै आफुले सकेको सहयोग गरेको प्रतिक्रिया दिएका छन् ।
सोनुले बिचल्लीमा परेका हजारौ नागरिकलाई आफ्नै खर्चमा यातायातको व्यवस्था गरेर आआफ्नो राज्यमा पठाउने काम गरेका थिए । उनले आफ्नै पहलमा विदेशमा बिचल्लीमा परेकाहरुलाई समेत उद्धार गरेका थिए ।