नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेले ग्लोबल टाइम्समा दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादा विपरीत भएको टिप्पणी गरेका छन् ।
ती दिन अघि चीनको सञ्चार माध्यममा राजदूत पाण्डेले भारत–चीन र नेपाल सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दै गएको भन्दै अभिव्यक्त दिएका थिए । यही सन्दर्भमा युवा नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा राजदूतबाट यस्ता भनाई आउँदा आपत्ति जनाएका छन् ।
साथै उनले परराष्ट्र मन्त्रीलाई प्रश्न खडा गर्दै राजदूतको उक्त अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा भएको या नभएको स्पष्ट पारी दिन आग्रह समेत गरेका छन् ।
चीनका लागि नेपाली राजदुतले ग्लोबल टाईम्समा दिनुभएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित छ।@PradeepgyawaliK ज्यू राजदुतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो?होईन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस्।https://t.co/URGIupyhUf
— Gagan Thapa (@thapagk) September 29, 2020
