आफ्नै काकाबाट १२ वर्षीया बालिका बलात्कृत

बाराको सुर्वण गाउँपालिका – ५ ओरैयाकी १२ वर्षीय बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । असोज ३ गते बेलुका घर छेउमा काका नाता पर्ने २२ वर्षका शिवपूजन यादवले बलात्कार गरेको हो ।

यादव भने घटना लगतै फरार छन् । पीडित बालिकाले असोज ४ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएकी छिन् । बालिकाको परिवारले घटना मिलाउन दबाब दिएको बताएका छन् ।



वडाअध्यक्ष रामएकबाल साह कलावारले आफुले घटनाबारे जानकारी पाउनेवितिकै प्रहरीकोमा उजुरी दिन लगाएको बताए । उनले भने, ‘मैलै नै उनीहरुलाई प्रहरीकोमा उजुरी गर्न भनेको हो । बालिकाको आमाले वडाअध्यक्षले सहयोग नगरेको आरोप लगाएकी छिन् । त्यो झुटो हो । मैले अपराधीलाई घरमै लुकेर बसेको हुन सक्छ पक्राउ गर भनेर प्रहरीसगँ पनि भनेको छु ।’

उनका अनुसार प्रहरीले पनि यादवको खोजी गरिरहेको छ । बालिकाले न्याय पाउनुपर्ने आफनो माग रहेको बताए ।

सम्बन्धित समाचार