ड्रग्स मुद्दामा तानिएकी दीपिका, साराअली र श्रद्धालाई एनसीबीले दियो क्लिन चिट

भारतको लागूऔषध ब्यूरो एनसीबीले अभिनेत्री दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशलाई क्लिन चिट दिएको छ । बलिउड अभिनेता सुशान्त सिहं राजपुत आत्महत्या प्रकरणमा लागूऔषध मामिलामा यी चारलाई एनसीबीले सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा सन् २०१७ को ह्वाटसाप च्याटको कुराकानीमा अभिनेत्री पादुकोण र म्यानेजर प्रकाशले आफूहरुले चुरोटलाई माल, वीड, ह्यस र डुबलगायतको नामले बोलाउने गरेको बयान दिएका थिए । एनसीबीले दीपिका र प्रकाशलाई छुट्टाछुट्टै कोठामा राखेर सोधपुछ गरेको थियो ।



सुशान्तसिंह राजपुतको मृत्युमाथि छानबिन गर्ने क्रममा यसअघि अभिनेत्री रिया चक्रवर्तीलाई प्रहरीले हिरासतमा लिएको थियो । त्यसपछि विस्तारै बलिउडका कलाकार यस मुद्दामा तानिएका थिए ।

सम्बन्धित समाचार