नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।

नेपालमा पछिल्लो २४ घण्टा थप १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १, झापाका १९, ताप्लेजुङका १, भोजपुरका १, मोरङका ९८, संखुवासभाका १, सुनसुरी ३८, धनुषा १, पर्सा १७, बाराका १०, महोत्तरीका ११, सप्तरीका ७, सर्लाहीका २, सिरहाका २, काठमाडौँका ६९७, काभ्रेका ९, चितवनका ६२, दोलखाका ३, धादिङका ८, नुवाकोटका ३, भक्तपुरका ९३, मकवानपुरका ३८, रामेछापका २, ललितपुरका ११२, सिन्धुपाल्चोकका ६, सिन्धुलीका ३ र कास्कीका १६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गोरखाका १५, तनहुँका ५, नवलपरासीपूर्वका ४५, पर्वतका १, म्याग्दीका १, लमजुङका २, बाग्लुङका २, स्याङ्जाका ३, कपिलवस्तुका २, गुल्मीका १, दाङका ५, नवलपरासीका १, पाल्पाका ६, प्यूठानका ३, बर्दियाका १०, बाँकेका २७, रुपन्देहीका ७०, रोल्पाका २, कालिकोटका ४, जुम्लाका २, दैलेखका ५, सल्यानका १, सुर्खेतका ४१, हुम्लाका २, अछामका २, कञ्चनपुरका ६, कैलालीका २३, डेडेल्धुराका २, डोटीका ८ र बझाङका १ जनामा कोरोना पुष्टि भएको छ ।
मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।
हाल आईसीयुमा २०१ जना र भेन्टिलेटरमा ३० जनाको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
