अक्टोबर १५ देखि सिनेमा हल खोल्न अनुमति

भारतमा सिनेमा हल खुल्ने भएका छन् । केन्द्र सरकारले अनलक ५।० का दिशा निर्देश जारी गर्दै आगामी अक्टोबर १५ देखि सिनेमा हल खोल्ने निर्णय गरेको छ । जस अन्तर्गत भारतमा मार्च देखि बन्द रहेका सिनेमा हल, इन्टरटेनमेन्ट पार्क, स्विमिंग पुल खोल्ने अनुमति दिएको छ । सिनेमा हलको हकमा भने ५० प्रतिशत क्षमतामा मात्र संचालन गर्ने अनुमति दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गृहमन्त्रालयले जारी गरेको निर्देशन अनुसार स्कुल र कोचिंग सेन्टरहरुको हकमा भने १५ अक्टोबरपछि राज्य सरकारहरुले आफ्नो राज्यको अवस्था हेरेर निर्णय लिने अधिकार दिएको छ ।



योसँगै भारतमा कोरोना संक्रमण बढिरहे पनि विस्तारै बन्द गरिएका क्षेत्रहरु खोल्दै गएको देखिएको छ ।

सम्बन्धित समाचार