कोरोना संक्रमणले थप ३ जनाको मृत्यु

कोरोना संक्रमणवाट थप ३ जनाको मृत्यु भएको छ । बुटवल, धरान र वीरगंजमा ३ जनाको मृत्युभएको हो । बुटवल उपमहानगरपालिका वडा नंं। ८ का ८० वर्षीय बृद्धको गएराति मृत्यु भएको छ । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

उता, धरानमा अर्का एक जना संक्रमितको ज्यान गएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको हो । विराटनगरको विराट मेडिकल कलेजबाट कोरोना संक्रमण पुष्टि भएर रिफर गरिएका उनमा ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।



प्रतिष्ठानको कोभिड अस्पतालमा १४ गते राति साढे ९ बजे भर्ना भएको र अस्पताल ल्याउँदा नै संक्रमितको अवस्था गम्भीर भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताएका छन् । यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

यसैबिच, रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।

सम्बन्धित समाचार