नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।

सरकारले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको छ । बिहीबार (आज) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको हो ।
त्यस्तै बैठकले लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूतमा नियुक्त गरेको हो ।
मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
