नक्कली ‘इन्सपेक्टर’ बनेर ठगी गर्ने पक्राउ

नक्कली इन्सपेक्टर बनेर लोकसेवाको परीक्षा सञ्चालन गर्ने एकजना पक्राउ परेका छन् । ती व्यक्ति नक्कली प्रहरी भएको खुल्न आएको छ । उनलाई प्रहरीले नक्कली बर्दीसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेका छन् । प्रहरीका अनुसार बुधबार रायलाई नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै पक्राउ गरिएको हो । ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै यादवले ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



उनी यसअघि पनि यस्तै घटनामा संलग्न भैसकेका व्यक्ति भएको पाइएको छ । सरकारी कागत किर्ते गरेको आरोपमा उनी यसअघि जेल परेका थिए । नक्कली प्रहरी बनेर परीक्षा सञ्चालन गरेका रायले विभिन्न व्यक्तिहरुबाट ३ लाखभन्दा बढी रकम ठगी गरेको खुलेको छ ।

सम्बन्धित समाचार